aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

सानिमामाई हाइड्रोपावरको ५.२६ प्रतिशत लाभांश आज पारित हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०२ कार्तिक २०७९
सानिमामाई हाइड्रोपावरको ५.२६ प्रतिशत लाभांश आज पारित हुने

काठमाडौं । सानिमा माई हाइड्रोपावर लिमिटेडले आज ११औं वार्षिक साधारण सभा बोलाएको छ । स्मार्ट दरबार, व्यान्क्वेट, संखपार्क, धुम्बाराहीमा बिहान ११ बजे कम्पनीले सभा बोलाएको हो । सभाले गत आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै प्रस्तावित नगद लाभांशलाई समेत वितरण योग्य बनाउनेछ ।

यस वर्ष कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा कर समेत ५ दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उल्लेखित प्रस्तावहरूसँगै चालू आर्थिक वर्षको लागि लेखापरिक्षण नियुत्ति र निजको पारिश्रमिक निर्धारणको विषय पनि सभाले टुङ्ग्याउनेछ ।

साधारणसभा प्रयोजनका लागि कम्पनीले असोज १२ गते एक दिन बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा असोज ११ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन तथा नगद लाभांश प्राप्त गर्न सक्नेछन् ।  
 

प्रतिक्रिया दिनुहोस