aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

२६ प्रतिशत लाभांश प्रस्तावसहित सोल्टी होटलले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०२ कार्तिक २०७९
२६ प्रतिशत लाभांश प्रस्तावसहित सोल्टी होटलले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाडौं । सोल्टी होटलले शेयरधनीहरुलाई २६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। कम्पनीको असोज ३१ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई २६.३१ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम रहेको चुक्ता पूँजीको २१.३१५७८९४७ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनश शेयर गरी कुल २६.३१५७८९४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। उक्त लाभांश पारित गर्नका कम्पनीले पुस २८ गते विहान ११ बजे साधारणसभा बोलाएको छ।

लाभांश प्रयोजनको लागि कम्पनीले पुस ७ गते एकदिन बिहीबार बुकक्लोज गर्ने भएको छ। जस अनुसार पुस ६ गतेसम्म कायम शेयधनीहरुले मात्र कम्पनीले वितरण गर्ने लाभांश लिन र साधारणसभामा सहभागि हुन पाउनेछन् । उक्त प्रस्तावित लाभांश कम्पनीको साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन्। 

प्रतिक्रिया दिनुहोस