aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

प्राइम लाइफ इस्योरेन्सको लाभांश घोषणा, बोनस कति ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०३ कार्तिक २०७९
प्राइम लाइफ इस्योरेन्सको लाभांश घोषणा, बोनस कति ?

काठमाडौं । प्राइम लाइफ इस्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको कात्तिक २ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८को मुनाफाबाट शेयरधनीहरुलाई १३ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । 

हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ७७ करोड ९६ लाख १५ हजार ५७७ रुपैयाँ रहेका छ । जस अनुसार चुक्तापुँजीकाे १३ प्रतिशतका दरले हुन आउने ३६ करोड १३ लाख ५० हजार २५ रुपैयाँ बोनस शेयर र कर प्रयोजनका लागि १ करोड ९० लाख १८ हजार ४२२ रुपैयाँ नगद लाभांश दिने घोषणा गरेको हो । 

उक्त प्रस्तावित लाभांश बीमा समितिको स्वीकृति र कम्पनीको साधारणसभा पश्चात शेयरधनीहरुले पाउनेछन् । कम्पनीले आव २०७६/७७ को मुनाफाबाट १५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ८७ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गरेको थियो । 

प्रतिक्रिया दिनुहोस