aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

हिमाल दोलखा हाइड्रोको आइपीओ आज बाँडफाँड हुँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०५ भदौ २०७६
हिमाल दोलखा हाइड्रोको आइपीओ आज बाँडफाँड हुँदै

काठमाण्डौ । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमीटेडको आइपीओ आज बिहीबार बाँडफाँड हुने भएको छ । 

निश्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमीटेडलेआज दिउँसो ४ बजे आइपीओ बाँडफाँड हुने जनाएको छ। 

कम्पनीले गत असार २५ गतेदेखि ७६ करोड ७२ लाख २१ हजार रुपैयाँबराबरको आईपीओमा खरिद आवेदन दिने खुला गरेको थियो ।

जसमध्ये ७२ हजार ३४ सदर आवेदकबाट ३१ लाख ५६० कित्ता (अर्थात ३१ करोड भन्दा केही बढी) का लागि मात्र आवेदन दिएका छन् । 

आवेदन दिएका सबै सदर आवेदकले मागेजति नै सेयर पाउनेछन् । बाँकी रहेको सेयर अण्डरराइटरहरुले सकार्नेछन् । 

प्रतिक्रिया दिनुहोस