aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

बीमा सर्भेयरको विवरण सार्वजनिक, १ हजार २०९ जनाले गरे लाइसेन्स नविकरण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०३ कार्तिक २०७९
बीमा सर्भेयरको विवरण सार्वजनिक, १ हजार २०९ जनाले गरे लाइसेन्स नविकरण

काठमाडौं । बीमा समितिले बीमा सर्भेयरहरुको विवरण सार्वजनिक गरेको छ । बिहिबार समितिले आर्थिक वर्ष २०७९ का लागि नविकरण भएका बीमा सर्भेयरको विवरण सार्वजनिक गरेको हो । जसमा एक हजार २०९ जनाले बीमा सर्भेयरको लाइसेन्स नविकरण गरेको उल्लेख छ । 

समितिले सार्वजनिक गरेको विवरण अनुसार क वर्गका ५० जना, ख वर्गका ५६ जना, ग वर्गका १३० जना र घ वर्गका ९७३ जना सर्भेयरको लाइसेन्स नविकरण गरिएको हो । सर्भेयरहरुको कामको अनुभवकाृ आधारमा वर्गीकरण अनुसार लाइसेन्स नविकरण गरिने समितिले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस