aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

होण्डाले ल्यायो ‘तिहार एक्सचेन्ज महोत्सव’ योजना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०३ कार्तिक २०७९
होण्डाले ल्यायो ‘तिहार एक्सचेन्ज महोत्सव’ योजना

काठमाडौं । होण्डा टु व्हीलसकाे आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले “तिहार एक्सचेन्ज महोत्सव” नामक आकर्षक ग्राहकमुखी उपहार योजना लिएर आएको छ । यो योजना अन्तर्गत ग्राहकहरूले, प्रत्येक एक्सचेन्जमा थप रु. सात हजार वा दशैं/तिहार योजना रोज्न सक्नु हुनेछ । त्यसैगरी, होन्डाका पहिलो २५० ग्राहकहरूले एक्सचेन्जको न्यूनतम मूल्याङ्कन ५० हजार रुपैयाँ पाउनेछन् । 

योजना २०७९ कार्तिक १ देखि ६ गते सम्म सीमित अवधिको लागि मात्र लागू हुनेछ ।  नेपालमा सर्वाधिक रुचाइएको होण्डाको मोटरसाइकल तथा स्कुटरको हकमा आएको यो आकर्षक उपहार योजनाले ग्राहकहरूमा थप उत्साह जगाउने विश्वास कम्पनीले लिएको छ । 

.
 

प्रतिक्रिया दिनुहोस