aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

रू रू जलविद्युत परियोजनाको साधारण सभा आज, १०.५२ प्रतिशत लाभांश पारित हुदैं

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०४ कार्तिक २०७९
रू रू जलविद्युत परियोजनाको साधारण सभा आज, १०.५२ प्रतिशत लाभांश पारित हुदैं

काठमाडौं । रु रु जलविद्युत परियोजनाले कार्तिक ४ गते (आज) १७औं वार्षिक साधारण सभा बोलाएको छ । सभा बानेश्वर ब्याङ्केट, थापा गाउँ, नयाँ बानेश्वरमा दिउँसो १ बजे बोलाईएको हो । सभाले प्रस्तावित कुल १० दशमलव ५२ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ ।

कम्पनीको असोज ७ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को सञ्चित मुनाफाबाट १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

कम्पनीले साधारण सभा प्रयोजनका लागि असोज २७ गते बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा असोज २६ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
 

प्रतिक्रिया दिनुहोस