aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

ओलाले ल्यायो सबैभन्दा सस्तो इलेक्ट्रिक स्कुटर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०५ कार्तिक २०७९
ओलाले ल्यायो सबैभन्दा सस्तो इलेक्ट्रिक स्कुटर

एजेन्सी । ओला इलेक्ट्रिकले अपडेट मॉडल S1 को अपडेटेड मोडल आज  दीपावली अघि २२ अक्टोबरमा सार्वजनिक गरेको छ। एस१ को यो नयाँ मोडलको मूल्य ८४,९९९ रुपैयाँ भारुराखिएको छ । तर, अक्टोबर २४ सम्म बुकिङ गर्नेले यसका लागि ७९ हजार ९९९ रुपैयाँ तिर्नुपर्नेछ । यो नयाँ मोडल धेरै नयाँ फिचरसहित बजारमा ल्याएको छ । 

ओलाका प्रमुख कार्यकारी अधिकृत भाविश अग्रवालले ओलाको कार्यक्रममा फास्ट चार्जरबाट स्कुटर १५ मिनेटमा ५० प्रतिशत चार्ज हुने बताए । यस बाहेक यस नयाँ मोडलमा लकिङ र अनलक गर्ने उन्नत सुविधाहरू उपलब्ध हुनेछन्। यसबाहेक ओलाको यो नयाँ स्कुटर अपरेटिङ सिस्टम ३ (ओएस३) सँग आउनेछ। हाल, ओला स्कुटरहरू अपरेटिङ सिस्टम २ सँग आउँदैछन्।

यो एस १ ले फुल चार्जमा १०१ किलोमिटरको रेन्ज पाउने कम्पनीले जनाएको छ । साथै, यो स्कुटरको टप स्पीड ९० किलोमिटर प्रतिघण्टा हुनेछ। यसले ४.३ सेकेन्डमा ० देखि ४० किलोमिटरको स्पीड पकड्नेछ ।

सवारी साधनको नजिक पुग्ने बित्तिकै गाडी स्वतः अनलक हुने भाविश अग्रवालले बताए । ओला इलेक्ट्रिकले स्वतन्त्रता दिवसको अवसरमा आफ्नो पहिलो विद्युतीय कार सार्वजनिक गरेको छ । कम्पनीका सीईओ भाविश अग्रवालले ओलाको पहिलो इलेक्ट्रिक कारको झलक दिए। उनले कारको दायरा ५०० किलोमिटर हुने बताए । यसले ४ सेकेन्डमा १०० किलोमिटर प्रतिघण्टाको गति पनि पकड्नेछ । यो फ्युचरिस्टिक कार सन् २०२४ सम्ममा लन्च हुनेछ ।

प्रतिक्रिया दिनुहोस