
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले सानिमा वार्षिक धन फिर्ता (अग्रिम भुक्तानी सावधिक) जीवन बीमा योजना ल्याएको छ ।
यस योजनाका विशेषताहरुमा न्यूनतम बीमाङ्क एक लाख रुपैयाँ रअधिकतम बीमाङ्क आयस्रोतको आधारमा निर्धारण हुनेछ । १६ वर्षदेखि ५५ वर्ष उमेर समूहसम्मका जीवन बीमाका लागि योग्य व्यक्तिले यस योजनाअन्तर्गत १५ र २० वर्षे अवधिको लागि जीवन बीमा गर्न सक्नेछन् । यस योजनामा अधिकतम बीमा समाप्ति उमेर ७० वर्ष रहेको छ ।
बीमा सुविधा रकम पाउने अवस्थामा १५ वर्ष अवधिको लागि जीवन बीमा गरेमा प्रत्येक वर्ष बीमाको वार्षिकोत्सव मितिमा बीमाङको ६ प्रतिशतका दरले भुक्तानी हुनेछ । २० वर्ष अवधिको लागि जीवन बीमा गरेमा प्रत्येक वर्ष बीमाको वार्षिकोत्सव मितिमा बीमाङको ५ प्रतिशत्रका दरले प्रदान गर्नेछ । यसरी प्राप्त रकमबाट भैपरी आउने सामाजिक गर्जो टार्न, बालबालिकाको शिक्षामा खर्च गर्न र नवीकरण बीमा शुल्क भुक्तानी गर्न समेत सहयोग मिल्ने कम्पनीको भनाइ छ ।
दुवै अवधिको बीमा योजना अन्तर्गत बीमा समाप्ति मितिमा अग्रिम भुक्तानी गरी बाँकी रहेको बीमाङ र पूरा अवधिको आर्जित बोनस एक मुष्ट प्रदान गरिने कम्पनीले जनाएको छ । बीमा अवधिभित्र बीमालेख चालू रहेको अवस्थामा बीमितको मृत्यु भएमा आग्रिम भूक्तानी गरेको रकम कट्टा नगरी शतप्रतिशत बीमाङ र समानुपातिक आर्जित बोनस एकमुष्ट बीमितको इच्छाएको व्यक्ति वा सो नभए बीमा ऐन २०४९को दफा ३८ अन्तर्गतको कानुनी हकवालालाई भुक्तानी गरिने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस