
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्सले एकै दिन कात्तिक २८ गते वार्षिक साधारण सभा आह्वान गरेका छन् । दुबै कम्पनीहरूले मर्जर प्रस्ताव पारितका लागि सभा आह्वान गरेका हनु । सूर्या लाइफले १४औं वार्षिक साधारण सभा होटल हैरिसन प्यालेस, विराटनगरमा र ज्योति लाइफले पाँचौ वार्षिक साधारण सभा वाटरफ्रन्ट रिसार्ट पोखरामा सभा बोलाएका हुन् ।
सूर्या लाइफले विहान ९ बजे र ज्योति लाइफले विहान ११ बजे सभा सुरु गर्नेछन् । यी दुई कम्पनी एक बराबर शून्य दशमलव ८२४५ कित्ता शेयर आदनप्रदान गर्दै मर्जरमा जान लागेका हुन । सूर्या लाइफ इन्स्योरेन्सको एक कित्ता शेयर बराबर ज्योति लाइफको शून्य दशमलव ८२४५ कित्ता शेयर कायम हुनेछ । हाल सूर्या लाइफ इन्स्योरेन्सको चुक्तापूँजी रू. २ अर्ब ५५ करोड २ लाख ८२ हजार र ज्योति लाइफ इन्स्योरेन्सको चुक्तापूँजी रू. २ अर्ब ४२ करोड रहेको छ ।
मर्जरका लागि तय भएको शेयर स्वाप रेसियोलाई दुबै कम्पनीको सभाले स्वीकृति प्रदान गर्नेछ । मर्जरपछि सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नामबाट एकिकृत कारोबार सुरु गर्ने प्रस्ताबलाई समेत सभाले पारित गर्नेछ । मर्जरपछि कम्पनीको रजिष्ट्रर्ड कार्यालय ज्ञानेश्वर, काठमाडौंमा रहनेछ । दुबै कम्पनीको सभाले मर्जर कार्यका लागि आवश्यक सम्पूर्ण जिम्मेवारी सञ्चालन समितिलाई दिने निर्णय समेत गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस