
काठमाडौं । नेपाल इन्स्योरेन्सले गत आर्थिक वर्ष ०७८/७९ को सञ्चित मुनाफाबाट कुल ८ दशमलव ४२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको कात्तिक ४ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ३७ करोड ८९ लाख ९५ हजार रहेको छ । सोही पूँजीको आधारमा रू. ११ करोड ३ लाख १९ हजार ६६४ बराबरको बोनस शेयर र रू. ५८ लाख ६ हजार २९८ बराबरको नगद लाभांश वितरणको तयारी कम्पनीले गरेको हो ।
सञ्चालक समितिले गरेको प्रस्तावित लाभांश नियामक निकाय बीमा समितिको स्वीकृति पश्चात् कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
प्रतिक्रिया दिनुहोस