
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मंसिर ८ गते २२औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले सभा होटल भिष्वा, वीरगंज (पर्सा)मा बिहान ९ बजे बोलाएको हो ।
सभाले अघिल्लो आर्थिक वर्ष ०७७÷७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै प्रस्तावित नगद लाभांशलाई समेत वितरणयोग्य बनाउनेछ ।
चुक्ता पूँजीको १५.७८९५ प्रतिशत नगद लाभांश (कर प्रयोजन सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै कम्पनीको वार्षिक कार्य प्रगति प्रतिवेदन, वित्तयि विवरण पारित गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, सञ्चालक समितिले गरेको स्वतन्त्र सञ्चालकको नियुक्तिलाई अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।
साधारण सभा प्रयोजनार्थ इन्स्योरेन्सले कात्तिक १८ गते एक दिनका लागि बुकक्लोज गर्नेछ। यस अनुसार कात्तिक १७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश पारित गर्नेछ ।
प्रतिक्रिया दिनुहोस