aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

निफ्राको साधारण सभा मंसिर १० गते

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०६ कार्तिक २०७९
निफ्राको साधारण सभा मंसिर १० गते

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले लाभांश प्रस्तावित लाभांश पारितका लागि मंसिर १० गते चौथो वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेट, बत्तीसपुतली, काठमाडौँमा बिहान ९ बजे सभा बोलाएको हो ।

सभाले हाल कायम चुक्ता पूँजीको ४ दशमलव २१०५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै सभाले कम्पनीको प्रबन्धपत्र र नियमावलीमा समसामायिक संशोधन गर्ने र अन्य आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित समेत पारित गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले मंसिर १ गते बुकक्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा कात्तिक ३० गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
 

प्रतिक्रिया दिनुहोस