aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

विभिन्न १५ कम्पनीको लाभांश पारित, कुनको कति ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०६ कार्तिक २०७९
विभिन्न १५ कम्पनीको लाभांश पारित, कुनको कति ?

काठमाडौं । हालसम्म १५ कम्पनीहरुले गत आर्थिक वर्ष २०७८/७९ को लाभांश पारित गरेका छन् । नेपाल स्टक नेप्सेमा सूचीकृत विभिन्न कम्पनीहरु गत आवको नाफाबाट शेयरधनीहरुलाई वितरण गर्न लागेको लाभांश पारित गरेका हुन् । 

लाभांश पारित गर्ने कम्पनीहरुमा चार जलविद्युत्त कम्पनी, दुई वाणिज्य बैंक, इन्स्योरेन्स र अन्य कम्पनीहरु रहेका छन् । हालसम्म वाणिज्य बैंक तर्फ सिटिजन इन्टरनेशनल बैक र बैंक अफ काडमाण्डू रहेका छन् भने लाभांश पारित गर्ने इन्स्योरेन्स कम्पनीमा गुँरास लाइफ इन्स्योरेन्स रहेको छ । 

कात्तिक ४ गते सम्पन्न भएको इन्स्योरेन्सको सभाले गुराँस लाइफ सहित यूनियन लाइफ र प्राइम लाइफ एक आपसमा गाभ्ने ÷गाभिने सम्बन्धी प्रारम्भिक सम्झौतापत्रको मस्यौदा स्वीकृत गरेको छ । भने मर्जरको लागि संचालक समितिले गरेको कामको अनुमोदन गरेको छ ।

त्यस्तै, लाभांश पारित गर्ने जलविद्युत्त कम्पनीहरुमा माइखोला हाइड्रोपावर, सानिमा माई हाइड्रो, सगरमाथा जलविद्युत्त कम्पनी र रु रु जलविद्युत्त परियोजना रहेका छन् । त्यसैगरी एनआईसी एसिया क्यापिटल, कुमारी क्यापिटल, प्रभु क्यापिटल, सानिमा क्यापिटल, नेपाल ल्युव आयल, सिद्धार्थ क्यापिटल, हाथवे इन्भेष्टमेन्ट कम्पनी, आरवीवी मर्चेन्च बैंकिङ कम्पनीले पनि गत आवको लाभांश पारित गरिसकेका छन् । 

यी हुन् लाभांश पारित गर्ने कम्पनी (सूचीसहित)

प्रतिक्रिया दिनुहोस