
काठमाडौं । साझा यातायातले सुरुवातमा ल्याइएको ३ वटा विद्युतीय बसहरूको सफल परिचालन पछि बाँकी रहेका ३७ वटा विद्युतीय बसहरू छिटै काठमाडौंका सदखारुमा गुड्ने भएका छन्। यी बसहरू केरुङको नाका हुँदै काठमाडौं तर्फ हिडिसकेका छन्।
समग्र ४० वटा विद्युतीय बसहरू काठमाडौंका सडकहरूमा गुड्नु एउटा नौलो सकारात्मक परिवर्तनको रूपमा लिइने छ। यी बसहरू ल्याउनमा नेपालमा रहेको कम्पनी दिगोले साझा यातायातसँग स्थानीय तहमा सहकारी गरेको जानकारी कम्पनीले जनाएको छ। विद्युतीय गाडीहरूका साथ दिगोले इकोसिस्टमसंग सम्बन्धित जस्तै ब्याट्री, रेट्रो फिटिंग, चार्जिंग स्टेशन, सर्विसिंग इत्यादि जस्ता सेवाहरू पनि प्रदान गर्दै आएका र यो बढ्दो क्रममा नै छ।
मूल्य वृद्धिले आएको मुद्रास्फीतिलाई धेरै नै सहज ढङ्गले चुनौती दिन सकिन्छ । देशको आर्थिक अवस्थालाई सुधार्न सरकारले पनि विद्युतीय सवारी साधनहरूलाई प्रोत्साहन दिनु पर्छ भन्ने सोचको साथ दिगो अगाडी बढिरहेको छ। चाइनाको प्रचलित कम्पनी सिएचटीसीद्वारा निर्मित यी बसहरूको उच्च गुणस्तरले काठमाडौं बासीहरूलाई एउटा नयाँ आरामदायक अनुभव दिने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस