
काठमाडौं । सानिमा जनरल र जनरल इन्स्योरेन्सले आजबाट सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीको नाममा एकीकृत कारोबार सुरु गरेको छ । सोमबार काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रममा दुई कम्पनीबीच एकिकृत कारोबार सुरु भएको हो ।
सोमबार राजधानीमा आयोजना गरिएको कार्यक्रममा बीमा समितिका अध्यक्ष सूर्य सिलवालले उद्घाटन गरेका हुन । दुबै कम्पनीले असोज ११ गते विशेष साधारणसभा मार्फत मर्जरमा जाने प्रस्ताव पारित गरेका थिए ।
विशेष साधारणसभाबाट पारित गरेसँगै बीमा समितिले दुबै कम्पनीलाई असोज १४ गते मर्जरको लागि अन्तिम स्वीकृति पत्र प्रदान गरेको थियो । नयाँ बन्ने बीमा कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ, जगेडा कोषमा ३६ करोड ९३ लाख रुपैयाँ र बीमा कोषमा ४१ करोड रुपैयाँ सञ्चित छ।
प्रतिक्रिया दिनुहोस