aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

नेपाली बजारमा टाटा एच फाइभको बुकिङ्ग खुल्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०५ भदौ २०७६
नेपाली बजारमा टाटा एच फाइभको बुकिङ्ग खुल्यो

काठमाण्डौ । टाटा  मोटर्सको चर्चित प्रिमियम एसयूभी टाटा एच फाइभको नेपाली बजारमा बुकिङ्ग आज देखि खुल्ला गरेको छ ।

नेपालका लागि टाटा मोर्टसको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा. लि. का अनुसार यही भदौ १० गतेबाट १५ गतेसम्म भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा आयोजना हुने १४औं संस्करणको नाडा अटो शो २०१९ मा टाटा एच फाइभ पहिलो पटक नेपाली बजारमा सार्वजनिक हुँदैछ । 

भारतमा टाटा ह्यारियर पनि भनेर चिनिने टाटा एच फाइभ बुकिङ गर्नका लागि २५ हजार रुपैयाँ जम्मा गराउनुपर्ने हुनेछ । साथै सिप्रदीले ग्राहकहरूलाई टाटा एच फाइभ मन परेन भने १२० प्रतिशत बुकिङ्ग रिफन्ड गर्ने जनाएको छ । 

क्रियोटेक २.० लिटर टर्बाे डिजेल इन्जिनयुक्त टाटा एच फाइभ भारतीय बजारमा निकै चर्चित छ । एच फाइभमा रहेको इन्जिनले १३८ बिएच पावर र ३५० एनएम टर्क जेनेरेट गर्छ । टाटा एच फाइभ ल्यान्डरोवरको ओमेगा डि एट प्लेटफर्ममा निर्माण गरिएको गाडी हो ।

आकर्षक रहेको टाटा एच फाइभमा पुश बटन स्टार्ट–स्टप, सेमी (डिजिटल इन्स्टु्रूमेन्ट कन्सोल, मल्टी फङ्गसनल स्टेरिङ, हाइट अजस्टेबल ड्राइभर सीट, अटो क्लाइमेट कन्ट्रोल जस्ता विशेषताहरू रहेका छन् ।
 

प्रतिक्रिया दिनुहोस