aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

बरुण हाइड्रोको हकप्रद शेयर लिलामीमा आउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १२ कार्तिक २०७९
बरुण हाइड्रोको हकप्रद शेयर लिलामीमा आउने

 काठमाडौं । तिहार र छठ पर्वको सार्वजनिक विदा सकिएसँगै धितोपत्र बजारमा बरुण हाइड्रोको हकप्रद शेयर लिलामीमा आउने भएको छ । बरुण हाइड्रोपावरले सर्वसाधारण तर्फको ३ लाख ५५ हजार ६० कित्ता शेयर लिलामी प्रकृयाबाट विक्री गर्न लागेको हो । 

बरुण हाइड्रोले गत भदौ ६ गतेदेखि ३१ गतेसम्म लिलामी प्रकृयाबाट विक्री खुला गर्दा वितरण हुन नसकेको अवतिरित हकप्रद शेयर लिलामी प्रकृयाबाट कात्तिक १४ गतेदेखि २१ गतेसम्म विक्री गर्न लागेको हो ।

 कम्पनीले साउन १ गतेसम्म कायम शेयरधनीहरूका लागि हाल कायम चुक्ता पुँजी रू. २६ करोड ७९ लाख ७ हजार ५०० को आधारमा १ः१ को अनुपातमा २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद शेयर विक्री खुला गरेको थियो । पहिलो चरणमा लिलामी प्रकृयाबाट वितरण हुन नसकेको शेयर दोस्रो चरणमा कात्तिक १४ गतेदेखि २१ गतेसम्म लिलामी प्रकृयाबाट विक्री गरिने जानकारी कम्पनीले दिएको छ । 

यो शेयरको मूल्य प्रतिकित्ता रू. १०० तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गर्दै बोलपत्र पेश गर्नुपर्नेछ । न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था कम्पनीले गरेको छ । 

यो शेयर विक्री प्रबन्धकमा आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । गत जेठ ११ गते निवेदन दिएको कम्पनीलाई नियामक निकाय नेपाल धितोपत्र बोर्डले कम्पनीलाई असार १५ गते हकप्रद निष्काशनको लागि अनुमति प्रदान गरेको थियो  । कम्पनीको २०७३ असार २० गते सम्पन्न विशेष साधारणसभाले १ः१ अनुपातमा शतप्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो ।
 

प्रतिक्रिया दिनुहोस