aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

एनआईसी क्यापिटलका तीन योजनाको लाभांश सुरक्षित गर्ने सोमबार अन्तिम दिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १३ कार्तिक २०७९
एनआईसी क्यापिटलका तीन योजनाको लाभांश सुरक्षित गर्ने सोमबार अन्तिम दिन

काठमाडौं । एनआईसी एशिया क्यापिटल अन्तर्गतका तीन योजनाहरूको लाभांश सुरक्षित गर्ने कात्तिक १४ गते अन्तिम दिन रहेको छ । कात्तिक ७ गतेदेखि बन्द रहेको धितोपत्र दोस्रो बजार कात्तिक १४ गतेदेखि मात्र खुला हुनेछ । 

तिहार र छठ पर्वको विदापछि बजार खुलेको दिननै एनआईसी एशिया क्यापिटल अन्तर्गतका तीन योजनाहरू एशिया डाईनामिक डेप्ट फण्ड, एनआईसी एशिया ब्यालेन्स फण्ड र एनआईसी एशिया ग्रोथ फण्डको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । 

गत आर्थिक वर्ष ०७८/७९ को सञ्चित मुनाफाबाट एनआईसी एशिया डाईनामिक डेप्ट फण्डले कर समेत ६ प्रतिशत , एनआईसी एशिया ब्यालेन्सड् फण्डले कर समेत १३ प्रतिशत र एनआईसी एशिया ग्रोथ फण्डले पनि कर समेत १३ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश प्रयोजनका लागि तीन ओटै फण्डहरूले कात्तिक १५ गते एक दिन बुक क्लोज गर्ने भएका छन् । बुक क्लोजको आधारमा तीन ओटै योजनाको लाभांश कात्तिक १४ गतेसम्म कायम इकाईधनीहरूले मात्र प्राप्त गर्ने भएका हुन ।

एनआईसी एशिया डायनामिक डेप्ट फण्ड खुलामुखी योजना हो भने एनआईसी एशिया ग्रोथ फण्ड सात वर्षे अवधिको र एनआईसी एशिया ब्यालेन्सड् फण्ड १० वर्षे अवधिको बन्दमुखी योजना हो ।
 

प्रतिक्रिया दिनुहोस