aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

तीन महिनामा ७०५ विद्युतीय गाडी आयात

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १४ कार्तिक २०७९
तीन महिनामा ७०५ विद्युतीय गाडी आयात

काठमाडौं । चालू आर्थिक वर्षको तीन महिनामा ७०५ विद्युतीय सवारी साधन आयात भएका छन् । उक्त सावरीका साधनबाट करिब २ अर्ब रुपैयाँ बाहिर गएको छ। भन्सार विभागको तथांक अनुसार तीन महिनामा २ अर्ब ५० लाख बराबरको ७०५ वटा विद्युतीय कार, जीप र भ्यान आयातबाट उक्त रकम बाहिरीएको हो ।

७०५ विद्युतीय गाडी आयात गर्दा सरकारले  भन्सार शुल्क बापत मात्र ६२ करोड रुपैयाँ संकलन गरेको छ। विभागको तथ्यांकमा तीन महिनामा भारतबाट सबै भन्दा धेरै ५०२ युनिट विद्युतीय सवारी साधान आयात भएका छन्। 

गत वर्ष सबै भन्दा धेरै चीनबाट विद्युतीय गाडीहरु नेपाल आयात हुने गरेका छन ।  भारतबाट सबैभन्दा धेरै टाटा कम्पनीका गाडीहरु आयात हुने गरेका छन्।  कोरियाबाट १२० युनिट, चीनबाट ७९ र अमेरिकाबाट ४ युनिट गाडी आयात भएका भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।
 

प्रतिक्रिया दिनुहोस