aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

मोटर बीमा गर्नेहरुको संख्या बढ्यो, एक महिनामै ९८ प्रतिशतले बीमाशुल्कमा वृद्धि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १४ कार्तिक २०७९
मोटर बीमा गर्नेहरुको संख्या बढ्यो, एक महिनामै ९८ प्रतिशतले बीमाशुल्कमा वृद्धि

काठमाडौं । पछिल्लो समय मोटर बीमा गर्नेहरुको संख्या बढेको छ । गत साउन महिनाको तुलनामा भदौ महिनामा मोटर बीमा गर्नेहरुको संख्या दोब्बरले बढेको हो । 

मोटर बीमा गर्नेहरुको संख्या बढेसँगै कुल बीमा शुल्क रकम पनि ९८ प्रतिशतले बढेको छ । बीमा समितिका अनुसार चालू आर्थिक वर्षको साउन महिनाको तुलनामा भदौ महिनामा मोटर बीमा मार्फत उठ्ने कुल बीमाशुल्क रकम ९८ प्रतिशतले बढेको हो । 

समितिका अनुसार गत साउन महिनामा मोटर बीमा गर्ने कम्पनीहरुले एक लाख २७ हजार १०३ बीमालेख बिक्री गरेका थिए । जसबाट १ अर्ब २ करोड ७० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन भएको थियो । तर, भदौ महिनामा भने ती कम्पनीहरुले २ लाख ५२ हजार ३८५ बीमालेख बिक्री गरी २ अर्ब ३ करोड ४४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । 

प्रदेशगत बीमाशुल्क आर्जनको अवस्था हेर्दा भदौमा सबैभन्दा बढी मोटर बीमाशुल्क आर्जन बागमती प्रदेशबाट भएको छ । यस अवधिमा बागमती प्रदेशबाट एक अर्ब ९ करोड ७४ लाख रुपैयाँ बीमाशुल्क आर्जन भएको छ । उक्त प्रदेशमा विभिन्न कम्पनीहरुले यस अवधिमा एक लाख २४ हजार ४३२ बीमालेख बिक्री गरेका थिए ।

त्यसैगरी मोटर बीमाबाट सबैभन्दा कम बीमाशुल्क आर्जन गर्नेमा कर्णाली प्रदेश रहेको छ । उक्त प्रदेशमा ३ हजार ३८५ बीमालेख बिक्री गरी २ करोड ८१ लाख १३ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन भएको बीमा समितिको तथ्यांकमा उल्लेख छ । 

हेरौ, विस्तृतमा 


 

प्रतिक्रिया दिनुहोस