
काठमाडौँ । जनपथ प्रहरीतर्फ विभिन्न तीन हजार आठ सय ३१ पदका लागि आवेदन खुलेको छ।
जनपथले प्रहरी जवानतर्फ तीन हजार ९६ आवेदन मागेको छ । जस मध्य खुल्ला तर्फ एक हजार ९३८, अशक्त प्रहरी परिवार ७२, आरज ५०७ मधेसी ४४४, महिला ३१७, दलित २३८, पिछडिएको क्षेत्रमा ८० जनाको आवेदन माग गरेको हो ।
सबै पदमा खुल्ला तथा समावेशी कोटासहित माग गरिएको आवेदनमा प्रहरी कार्यालय सहयोगी तर्फ भान्छे ९७, हजाम ६, कुचीकार ११ र खेलाडीहरू १३ जनाको समेत आवेदन माग भएको छ।
दरखास्त फारम भाद्र ९ गते देखि आश्विन १३ गते सम्म सार्वजनिक बिदाका दिन बाहेक भर्न सकिने प्रधान प्रहरी कार्यालय नक्सालले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस