aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

नागरिक कोषको नाफा ४३ करोड, साधारण सभा भाद्र ३० गते

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०६ भदौ २०७६
नागरिक कोषको नाफा ४३ करोड, साधारण सभा भाद्र ३० गते

काठमाडौँ । नागरिक लगानी कोषको खूद नाफा ७ करोड ४६ लाखले वृद्धि भएको छ । आर्थिक वर्ष ०७५/०७६ मा ४३ करोड ३९ लाख नाफा गर्दा उक्त नाफा रकम आर्जन गरेको हो ।  

अघिल्लो आर्थिक वर्ष ०७४/७५ मा ३५ करोड ९३ लाख मा खुद नाफा आर्जन गरेको थियो ।  

कोषले व्याजबाट मात्र ४ करोड ७५ लाख रुपैयाँ आर्जन गरेको छ । जुन, अघिल्लो वर्ष भन्दा ३ करोड ६४ लाखले बढी हो । लगानी कोषले आर्जन गरेको नाफा मध्ये सबैभन्दा बढी सेवा शुल्क तथा कमिशन आम्दानी शीर्षकमा ७३ करोड ५० लाख रुपैयाँ रहेको देखिन्छ ।

७९ करोड ८३ लाख रुपैयाँ कुल नाफा अर्जन गरेको लगानी कोषले २० करोड ५० लाख रुपैयाँ खर्च गरेको छ । जस मध्ये सबै भन्दा बढी खर्च व्यवस्थापन शीर्षकमा १५ करोड ४ लाख रुपैयाँ रहेको छ । 

नागरिक लगानी कोषको प्रति कित्ता शेयर अङ्कित मूल्य २०१ रुपैयाँ रहेको छ जसबाट कोषले प्रतिशेयर ३९ रुपैयाँ नाफा प्राप्त गरेको छ । 
लगानी कोषको चौबिसौ वार्षिक साधारण सभा भाद्र ३० गते कार्की व्याङ्केट बबरकहलमा हुने कोषका सञ्चालक समिति सचिव नबराज खड्काले जानकारी दिए । 

लगानी कोषले आगामि साधारण सभाबाट आ.व ०७४/७५ को आम्दानी बाँडफाँड हिसाब विवरणमा छुट्ट्याइएको प्रस्तावित २२ प्रतिशत बोनस शेयर र १ दशमलव १६ प्रतिशत नगद लाभांश समेत स्वीकृत गर्ने भएको हो ।

प्रतिक्रिया दिनुहोस