aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

सलमान खानलाई धम्कीपछि सुरक्षा बढाइयो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १५ कार्तिक २०७९
सलमान खानलाई धम्कीपछि सुरक्षा बढाइयो

काठमाडौं । बलिउड अभिनेता सलमान खानलाई लरेन्स बिश्नोई गिरोहले ज्यान मार्ने धम्की दिएपछि महाराष्ट्र सरकारले उनको सुरक्षामा ठूलो निर्णय गरेको छ । महाराष्ट्रको शिन्दे सरकारले अभिनेता सलमान खानलाई मुम्बई पुलिसले वाइ प्लस श्रेणीको सुरक्षा कभर उपलब्ध गराउने निर्णय गरेको छ।

 बिश्नोई गिरोहले सलमान खान र उनको परिवारलाई मार्ने धम्की दिएको बताइएको छ । लरेन्स बिश्नोई जेलमा छन् । बिश्नोई गिरोहले यस वर्ष मे महिनामा पञ्जाबी गायक सिद्धु मूसेवालाको हत्या गरेको आरोप छ।

केही वर्षअघि जोधपुरको अदालतमा सुनुवाइका क्रममा लरेन्स बिश्नोईले सलमान खानलाई धम्की दिएका थिए । उनले सलमान खानले कालो हरिणको शिकार गरेर बिश्नोईहरुको भावनामा चोट पुर्याएको बताएका थिए । बिश्नोई समाजले कालो हरिणलाई पुज्ने गरेको र सलमान खानले विष्णोईलाई मारेर उक्साएको उनको भनाइ छ ।

हालै सलमान खानको परिवारलाई एउटा कागजको पर्चीको रुपमा धम्की आएको थियो । सलमान खानका बुबा लेखक सलीम खान नियमित बिहानको पैदल यात्रापछि बसेको बेन्चमा कसैले धम्कीको पर्ची छोडेको थियो। यो धम्कीपछि सलमानलाई मुम्बई प्रहरीले सुरक्षा दिएको थियो । तर अब, उनीहरूलाई महाराष्ट्र राज्य सरकारले सुरक्षा कभर प्रदान गरेको छ।

प्रतिक्रिया दिनुहोस