aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

अब लाखौं जितेर भाग्यको कायापलट गर्न अब ३ दिन मात्र बाँकी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १६ कार्तिक २०७९
अब लाखौं जितेर भाग्यको कायापलट गर्न अब ३ दिन मात्र बाँकी

काठमाडौं । नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले नेपालीहरुको महान चाड दशैं, तिहार तथा छठपर्वहरुलाई मध्यनजर गर्दै सार्वजनिक गरेको ‘कायापलट’ नामको विशेष योजना समाप्त हुन अब तिन दिन मात्र बाँकी रहेको छ । 

यस योजनाको भरपुर लाभ लिन र बम्परमा ५० लाखको नगद उपहार प्राप्त गर्न टीभीएसमा कुनै पनि दूई पांग्रे सवारी साधन  खरिद गर्न पर्ने हुन्छ । यो योजना मार्फत धेरै ग्राहकहरुले नगद पुरस्कार तथा उपहारहरु पाउन सफल भइसकेका  छन् । नकिन्दै एक लाख, किन्दा दश लाख प्रप्त गर्न र हरेक हप्ता एक खरिदकर्ताले सम्पूर्ण नगद फिर्ता पाउन पनि टीभीएसका कुनै पनि दूई पांग्रे सवारी साधन किन्न पर्ने हुन्छ । 

यसका साथै हरेक दिन योजनाबारे सोधपुछ गर्ने एक भाग्यशाल ीविजेताले रियलमी सी ३० स्मार्ट फोन र २५% डाउनपेमेन्ट र ४,२७७ रुपैयाँको मासिक  ईएमआइ मै बाइक तथा स्कुटर पाउन सक्ने  योजना रहेको कम्पनीले जनाको छ । 

प्रतिक्रिया दिनुहोस