
काठमाडौं । आर्थिक वर्ष २०७५/०७६ मा विद्युतबाट कुल २ अर्ब ९९ करोड ४८ लाख रुपैयाँ रोयल्टी प्राप्त भएको अर्थ मन्त्रालय जनाएको छ ।
आज अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा दिएको जानकारी अनुसार उक्त रोयल्टीमध्ये प्रदेश र स्थानीय तहमा ७४ करोड ८७ लाख रुपैयाँ बाँडफाँड गरिएको छ । गत आर्थिक वर्षमा सबैभन्दा धेरै विद्युत् रोयल्टी पाउने स्थानीय तहमा दोलखाको तामाकोशी गाउँपालिका रहेको छ ।
त्यस्तै रामेछापको गोकुलगंगा गाउँपालिका, तनहुँको आँबुखैरेनी गाँउपालिका, स्याङ्जाको कालीगण्डकी गाउँपालिका र सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका विद्युत्बाट बढी रोयल्टी पाउने स्थानीय तह रहेका छन् ।
प्रतिक्रिया दिनुहोस