aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

नबिल ब्यालेन्स फन्ड–२ र इक्विटी फन्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १७ कार्तिक २०७९
नबिल ब्यालेन्स फन्ड–२ र इक्विटी फन्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । नबिल म्युचुअल फन्डअन्तर्गत सञ्चालित दुई वटा योजनाको लाभांश सुरक्षित गर्ने आज कात्तिक १७ गते अन्तिम दिन रहेको छ । नबिल ब्यालेन्स फन्ड–२ र नबिल इक्विटी फन्डको आर्थिक वर्ष २०७८/७९ का लागि घोषित लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

योजनाका लाभांश वितरणको लागि कम्पनीले भोलि कात्तिक १८ गते शुक्रबार बुक क्लोज हुनेछ । योजना व्यवस्थापक नबिल इन्भेस्टमेन्ट बैंकिङले नबिल ब्यालेन्स फन्ड–२ का इकाइधनीहरुलाई ७ प्रतिशत (करसहित) नगद प्रतिफल वितरण गर्ने निर्णय गरेको छ ।  

यसैगरी नबिल इक्विटी फन्डका इकाइधनीहरुलाई ५ प्रतिशत (करसहित) नगद प्रतिफल वितरण गर्ने निर्णय गरेको छ । साथै नबिल म्युचुअल फण्डले नबिल फ्लेक्सी क्याप नामक ७ करोड  ५० लाख इकाइ भएको खुल्लामुखि योजनाको इकाईहरूको यही कात्तिक २३ गते देखि बिक्री खुला गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस