aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

नेशनल लाईफको साधारण सभा मंसिर १८ गते, बुक क्लोज कहिले ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १७ कार्तिक २०७९
नेशनल लाईफको साधारण सभा मंसिर १८ गते, बुक क्लोज कहिले ?

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले ३४औं वार्षिक साधारण सभा मंसिर १८ गते बोलाएको छ । सभा कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाडौंमा बिहान १०ः३० बजे गर्ने जानकारी दिएको छ । सभाले १५ प्रतिशत बोनस शेयर र शून्य दशलमव ७८ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले मंसिर ८ गते एक दिन बुक क्लोज गर्ने जानकारी दिएको छ । यस आधारमा मंसिर ७ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । कम्पनीको कात्तिक १६ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।
 

प्रतिक्रिया दिनुहोस