aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

१ लाख ९ हजार ३६० जनाले चुक्ता गरे त्रिशूली जलविद्युत्को शेयर वापतको रकम

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १८ कार्तिक २०७९
१ लाख ९ हजार ३६० जनाले चुक्ता गरे त्रिशूली जलविद्युत्को शेयर वापतको रकम

काठमाडौं । त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडको शेयर वापतको बाँकी रकम १ लाख ९ हजार ३६० जनाले चुक्ता गरेका छन् । अन्तिम दिन कात्तिक १७ गते साझ ५ बजेसम्म यी आवेदकहरूले  २३ करोड ८ लाख ३७ हजार रुपैयाँ बराबरको रकम चुक्ता गरेका हुन ।

कम्पनीले २०७५ साल चैतमा विक्री गरेको शेयर वापतको बाँकी रकम असोज ४ गतेदेखि चुक्ता गर्न सुरु गरेको हो । जनताको जलविद्युत् कार्यक्रम अन्तर्गत कम्पनीले २०७५ को चैतमा सर्वसाधारणका लागि ३७ लाख ५ हजार कित्ता (कम्पनीका कर्मचारीका लागि आरक्षण गरिएको समेत) शेयर निष्कासन गरी प्रति शेयर  १०० रुपैयाँ अंकित मूल्यको न्यूनतम १० प्रतिशतले हुने  १०  रुपैयाँ मात्र संकलन गरेको थियो । कम्पनीको शेयर बाँडफाँटमा शेयर पाई प्रतिकित्ता १० रुपैयाँ बुझाएका जम्मा १ लाख ५४ हजार ५५९ जना सर्वसाधारण शेयरधनीले प्रतिकित्ता बाँकी  ९० बुझाउनु पर्ने व्यवस्था थियो । 

साबिकका सर्वसाधारण शेयरधनीबाट अंकित मूल्यको ९० प्रतिशतले हुन आउने प्रतिकित्ता बाँकी ९०रुपैयाँ का दरले ३३ करोड ३४ लाख ५० हजार रुपैयाँ रकम संकलन हुनुपर्ने भएपनि प्रतिकित्ता  ३ रुपैयाँ ब्याज प्राप्त भएको हुँदा हाल प्रतिकित्ता ८७ रुपैयाँ मात्र जम्मा गर्नुपर्ने व्यवस्था थियो । ‘कार्यविधिमा भएको व्यवस्था पूरा भइसकेकोले साबिक शेयरधनीले चुक्ता गर्न बाँकी ९०रुपैयाँ संकलनका लागि अनुरोध गरेको कम्पनीले जानकारी दिएको छ । कम्पनीले रसुवा र नुवाकोटमा ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली ३ बी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । 
 

प्रतिक्रिया दिनुहोस