
काठमाडौं । राधी विद्युत कम्पनीको १३ लाख ५२७ दशमलव ९९ कित्ता हकप्रद शेयर लिलामीमा आउने भएको छ । कम्पनीले असोज ५ गतेदेखि २५ गतेसम्म १ बराबर १ दशमलव ४७५२ को अनुपातमा हकप्रद शेयर जारी गरेको थियो ।
कम्पनीले हाल कायम चुक्तापूाजीको आधारमा प्रतिकित्ता रू. १०० अंकित मूल्यका रू. ९५ करोड ३५ लाख ७६ हजार ९९ बराबरको ९५ लाख ३५ हजार ७६० दशमलव ९९ कित्ता हकप्रद शेयर जारी गरेको हो । तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिने ३८ हजार ५०५ जना शेयरधनीहरूलाई ८२ लाख ३५ हजार २३३ कित्ता हकप्रद शेयर कात्तिक १७ गते बाँडफाँट गरिएको कम्पनीको भनाई छ । यो बाँडफाँटमा बाँकी रहेको शेयर भने कम्पनीले लिलामी प्रकृयाबाट वितरण गर्नेछ ।
कम्पनीले हकप्रद शेयर निष्काशनका लागि भदौ १२ गते एक दिन बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा भदौ १० गतेसम्म कायम शेयरधनीहरूले मात्र हकप्रद शेयर खरीदका लागि आवेदन दिन सक्ने व्यवस्था रहेको थियो । यो हकप्रद शेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । आफ्नो हकभन्दा बढी शेयर माग गरि आवेदन दिने आवेदकहरूको हकमा बाँडफाँटमा नपरेको शेयर वापतको रकम कात्तिक २० गतेदेखि फिर्ता भुक्तानी गरिने विक्री प्रबन्धकको भनाई छ ।
हाल कम्पनीको चुक्तापूँजी रू. ६४ करोड ६४ लाख ४ हजार ६२२ ददशमलव ५० रहेको छ । अवितरित हकप्रद शेयर समेत निष्कासन तथा बाँडफाँट पश्चात् कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ५९ करोड ९९ लाख ८० हजार ७२१ दशमल ५० पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस