aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

महालक्ष्मी लाईफद्धारा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी तालिम सम्पन्न

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १८ कार्तिक २०७९
महालक्ष्मी लाईफद्धारा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी तालिम सम्पन्न

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले कम्पनीका विभिन्न शाखा तथा उपशाखामा कार्यरत प्रमुखहरुका लागि आयोजित सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी तालिम कार्तिक १८ गते चितवनको सौराहा स्थित होटल ल्याण्डमार्कमा सम्पन्न गरेको छ । 

उक्त कार्यक्रममा कम्पनीका विभिन्न ३४ शाखार उपशाखामा कार्यरत ३४ जना प्रमुखहरुलाई सम्पत्ति शुद्धीकरण निवारण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा विस्तृत प्रशिक्षण गराइएको थियो । 

गैर कानुनी कमाई र आतंकवादी कार्यबाट संकलित कालो धनलाई बीमा क्षेत्रको माध्यमले शुद्धीकरण गर्ने कार्यलाई कसरी नियन्त्रण गर्ने, यसका प्रकृयाहरु के के हुन, रिपोर्टिङ कसरी गर्ने आदी विषयमा विस्तृत जानकारी दिइयो। कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले कार्यक्रमको महत्व तथा प्रभावकारीताको बारेमा प्रकाश पारेका थिए । 

कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठले सम्पत्ति शुद्धिकरणको प्रक्रिया र औचित्य बारेमा जानकारी गराए । साथै कम्पनीका बरिष्ठ सहायक महाप्रबन्धक सपना खरेलले उक्त कार्यक्रममा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धमा प्रशिक्षण दिएकी थिइन् । कार्यक्रममा कम्पनीका बरिष्ठ सहायक महाप्रबन्धक श्री प्रशान्तराज धमलाको समेत उपस्थिती रहेको थियो । 

प्रतिक्रिया दिनुहोस