
काठमाडौं । यातायात व्यवस्था कार्यालयहरुमा सेवाग्राहीलाई सास्ती, बिचौलियालाई मस्ती देखिएका छ । सेवाग्राही जब दलालको सहयोग लिन्छन् अनि उनीहरू लाइन बस्नु पर्दैन, सीधै काउन्टरमा प्रवेश पाउँछन् । यातायात व्यवस्था कार्यालयहरू भक्तपुर र सानो भ¥याङमा थप भएपछि पनि सेवाग्राहीको भीड कम भएको र सेवाग्राहीलाई दिने सास्ती र ठगिने क्रम भने घटेका छैनन ।
सतुंगल र ठूलोभर्यागको प्रवेशद्वार बसेर सेवाग्राहीलाई विगत ३ वर्षदेखि सहयोग गर्दै आएको बताउने ३० वर्षीय केशव भन्छन्, ‘मान्छेले छिटो काम बनाउन चाहन्छन् । धेरै समय लाइन बस्न चाहँदैनन् । एउटै काममा पटक पटक धाइरहन पनि चाहँदैनन् । बरु दुई–चार सय रुपैयाँ खर्च गरेरै भए पनि छिटो काम बनोस् भन्ने चाहन्छन्, त्यस्ता व्यक्तिलाई हामीले सहयोग गरेका हौं ।’
कार्यालय खुल्ने समयभन्दा तीन घण्टा अगावै सेवाग्राही लाइनमा बस्ने गर्छन् । यसभन्दा पहिला टोकन लिई दिने व्यवस्था थियो त्यो पनि विग्रेको महिनौ भइसक्यो तर, बनाउने कुनै पनि गुन्जाइस दखिदैन । सर्वसाधारणले प्रक्रियागत रूपमा काम गर्न सक्ने अवस्था यातायात व्यवस्था कार्यालयमा छैन । तर अनलाइन प्रणालीलले गर्दा भीड कम भएको थियो । त्यो पनि विग्रेको हप्तौ भइसक्यो ।
कार्यालय निकै अस्तव्यस्त देखिन्छ । वरिपरी भीडभाड छ । कोलाहल छ । धुलोधुवाँ र अव्यवस्थित पार्किङले मान्छे धेरै समय बस्नसक्ने अवस्था छैन । लामको व्यवस्थापन छैन, महिला पुरुषको लाम एउटै छन । र, लामो लाममा बसेपनि यातायात व्यवस्था कार्यालयहरु काठमाडौं उत्पयकाभित्र धेरै स्थानमा भएकाले लाइसेन्स वा सवारी नविकरण कता हो भन्ने थाहा हुन्दैन । एक जना सेवाग्राही करिब एक घण्टा लाइन बसेर झ्यालमा पुगेर लाइसेन्सको विवरण देखाएपछि तपाईंको नविकरण यहा हुँदै भनेर फर्काइदिए ।
लाइसेन्स नविकरण काठमाडौंको ठूलो भर्यांगबाट भइरहेकोमा २००७ अघिका लाइसेन्स अब त्याहाबाट नहुने थाहा पाएपपछि करिब २० जना सेवाग्राही एक घण्टा लाइन बसेपछि पुन एकान्तकुना गएर अर्को एकघण्टा लाइनमा बस्न पर्यो ।
त्यस्तै दृष्य सतुंगलमा पनि देख्न पाइयो । कार्यालयका संरचनाहरू महिला र अपागङ्तामैत्री देखिँदैन । शौचालय अत्यन्त दुर्गन्धित छ । भ¥याङका भित्ताहरूमा गुट्खा चपााएर थुकिएको छ तर सरसफाइको कुनै प्रयास छैन । त्यस क्षेत्रमा निजी घरहरु भाडामा लिइएका छन् र त्यहा सरकारी कार्यालय राखिएको छन् । तर, त्यहा छिर्दा लाग्छ चमेराको गुँडमा छिरिदै छ । जताततै माकुराको जाँलो, भ¥याङका भित्ताहरूमा पान खाएर थुकेको । अनि कर्मचारीका असभ्य व्यवहार ।
त्यहा एक जना कर्मचारी सवारी विक्री गर्न हस्यांग फस्यांग गर्दै आए अनि कागजात त्यहाकै लोकल दलाललाई लिएका रहेछन् । उनको मोटरसाइकलको नविकरण मिति २०८०र८१ देखियो । त्यहा धेरै जना खासखुस गर्दै थिए । यो गल्ती यातायात व्यवस्था कार्यालयको त नहुनुपर्ने यो पक्कै पनि किर्ते गरेरको हुन पर्छ भन्ने चर्चा हुन थाल्यो । सरकारी कागजात किर्तेको तीन महिनासम्मको सजायसम्मको कुरा समेत चल्दै थियो । तर, लोकल दलालले कताबाट कुरा मिलाए कोनि त्यो विषय एकै छिनमा साम्य भयो ।
प्रतिक्रिया दिनुहोस