
काठमाडौं । बरुण हाइड्रो पावर कम्पनीको अवतिरित हकप्रद शेयर खरीदका लागि गोप्य शिलबन्दी बोलपत्र पेश गर्ने आज अन्तिम दिन रहेको छ । म्पनीले कात्तिक १४ गतेदेखि २१ गतेसम्मका लागि सर्वसाधारण तर्फको ३ लाख ५५ हजार ६० कित्ता शेयर लिलामीमा ल्याएको हो ।
कम्पनीले साउन १ गतेसम्म कायम शेयरधनीहरूका लागि हाल कायम चुक्ता पुँजी रू. २६ करोड ७९ लाख ७ हजार ५०० को आधारमा १ः१ को अनुपातमा २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद शेयर भदौ ६ गतेदेखि ३१ गतेसम्म विक्री गरेको थियो । तोकिएको अवधिभित्र आवेदन दिने आवेदकहरूलाई असोज २६ गते हकप्रद शेयर बाँडफाँट गरेको कम्पनीले सो समयमा वितरण हुन नसकेको शेयर लिलामीमा विक्री खुला गरेको हो ।
यो शेयरको मूल्य प्रतिकित्ता रू. १०० तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गर्दै बोलपत्र पेश गर्नुपर्नेछ । न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था कम्पनीले गरेको छ । यो शेयर विक्री प्रबन्धकमा आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।
प्रतिक्रिया दिनुहोस