काठमाडौं । विभिन्न कम्पनीहरू साधारण शेयर (आईपीओ) निष्कासनका लागि पाइपलाइनमा रहेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अनुसार विभिन्न ३५ कम्पनीहरू आईपीओ निष्कासनका लागि सेबोनमा निवेदन दिएर स्वीकृतिको पर्खाइमा छन् । यसरी स्वीकृतिको पर्खाइमा रहेका कम्पनीहरूको १४ अर्ब ९७ करोड ७ लाख १८ हजार ५३५ रुपैयाँ बराबरको ६ करोड ५१ लाख ८ हजार ५२३ कित्ता प्रारम्भिक शेयर निष्कासन हुनेछ ।
सेबोनमा आईपीओ निष्कासनको लागि स्वीकृतिको पर्खाइमा रहेका दुई कम्पनीले बुक बिल्डिङ विधिबाट शेयर बिक्री गर्ने भएका छन् । जसमा सर्वोत्तम सिमेन्ट र रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङ विधिबाट शेयर निष्कासन गर्न अनुमति मागेका हुन् । सर्वोत्तम सिमेन्टको बुक बिल्डिङ मार्फत २४ लाख कित्ता शेयर निष्कासनको तयारीमा छ । सर्वोत्तमको शेयर प्रतिकित्ता ५०१ रुपैयाँदेखि ७५१.५० रुपैयाँसम्म तोकिएको छ ।
त्यस्तै, आईपीओ निष्कासनका लागि पाइपलाइनमा रहेका कम्पनीहरूमा दुई वटा बीमा कम्पनी, २० वटा हाइड्रोपावर, दुई वटा लघुवित्त र अन्य समूहअन्तर्गत रहेका डिस मिडिया नेटवर्क, मुक्तिनाथ कृषि कम्पनी, कालिन्चोक दर्शन कम्पनी, ट्रेड टावर हाथवे इन्भेष्टमेन्ट नेपाल र सिटी होटल्स लगायतका कम्पनीहरू रहेका छन् ।
सेबोनका अनुसार रिलायन्स स्पाइनिङ मिल्सले बुक बिल्डिङ मार्फत शेयर निष्कासन गर्न लागेको छ । जसले ७ लाख ७० हजार ६४० कित्ता बिक्रीमा ल्याउन लागेको हो । यसको शेयरमूल्य प्रतिकित्ता ६०८ रुपैयाँदेखि ९१२ रुपैयाँसम्म तोकिएको छ ।
त्यस्तै, ट्रेड टावर लिमिटेडले ११ करोड ५८ लाख ९८ हजार रुपैयाँ बराबरको ११ लाख ५८ हजार कित्ता शेयर निष्कासनको तयारी गरेको छ । सोनापुर मिनिरल्स एन्ड आयल लिमिटेडले पनि एक अर्ब २३ करोड रुपैयाँ बराबरको १ करोड २३ लाख कित्ता आईपीओ निष्कासन गर्न बोर्डमा आवेदन दिएको छ ।
घोराही सिमेन्ट इन्डष्ट्रिजले स्थानीयका लागि प्रतिकित्ता ४ सय रुपैयाँ र सर्वसाधारणका लागि प्रतिकित्ता ४३५ रुपैयाँका दरले ३ अर्ब ४४ करोड १६ लाख ५१ हजार ७८५ रुपैयाँ बराबरको आइपीओ जारी गर्ने भएको छ ।
बोर्डका अनुसार दुई वटा लघुवित्त कम्पनी आईपीओको पाइपलाइनमा रहेका छन् । बिपीडब्लु लघुवित्त वित्तीय संस्थाको ९७ लाख रुपैयाँ बराबरको ९७ हजार कित्ता निष्कासनका लागि पाइपलाइनमा रहेको छ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको पनि २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको २ लाख ३ हजार ३८० कित्ता आईपीओ निष्कासनका लागि पाइपलाइनमा रहेको छ ।
त्यस्तै, रिलायबल लाइफ इन्स्योरेन्स १ अर्ब २७ करोड २० लाख रुपैयाँ बराबरको ६० लाख आईपीओ निष्कासन गर्ने तयारीमा रहेको छ । यस आईपीओको प्रतिकित्ता ११२ रुपैयाँ प्रिमियमसहित २१२ रुपैयाँ मूल्य रहने जनाइएको छ । त्यस्तै, आइएमई लाइफ इन्स्योरेन्स पनि ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर निष्कासनका लागि पाइपलाइनमा रहेको छ ।
त्यसैगरि, नेपाल रिपब्लिक मिडिया लिमिटेडले पनि ४३ करोड ५३ लाख रुपैयाँ बराबरको ४३ लाख ५३ हजार कित्ता आइपीओ जारी गर्न बोर्डमा निवेदन दिएको छ । त्यस्तै, डिस मिडिया नेटवर्क लिमिटेड आईपीओ बिक्रीका लागि सेबोनबाट स्वीकृतिको पर्खाइमा रहेको छ । यस कम्पनीले सेबोनबाट स्वीकृति पाएपछि २३ करोड ८५ लाख ९२ हजार ९ सय रुपैयाँ बराबरको २३ लाख ८५ हजार ९२९ कित्ता शेयर निष्कासन गर्नेछ ।
सेबोनका अनुसार मुक्तिनाथ कृषि कम्पनीको ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता, कालिन्चोक दर्शनले स्थानीय र सर्वसाधारणका लागि गरी १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता, हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको १४ करोड ६२ लाख ५० रुपैयाँ बराबरको २९ लाख २५ हजार कित्ता आईपीओ निष्कासनको पर्खाइमा रहेका छन् ।
त्यस्तै, सिटी होटल्सको १६ करोड ७४ लाख रुपैयाँ बराबरको १६ लाख ७४ हजार कित्ता शेयर निष्कासनका लागि पाइपलाइनमा रहेको छ । सेबोनबाट स्वीकृति प्राप्त भएपछि यी कम्पनीहरूको आईपीओका लागि थप प्रक्रिया अघि बढ्नेछ ।
आईपीओ निष्कासनको पाइपलाइनमा रहेका हाइड्रोपावर कम्पनीहरूमा मोदी इनर्जी लिमिटेडले कुल ७२ करोड ५० लाख रुपैयाँ बराबरको ७२ लाख ५० हजार कित्ता आईपीओ निष्कासनका लागि बोर्डमा आवेदन दिएको छ । त्यस्तै, मेन्छीयाम हाइड्रोपावर कम्पनीले पनि १६ करोड २७ लाख ७५० हजार रुपैयाँ बराबरको १६ लाख २७ हजार ७५० कित्ता आईपीओ निष्कासन गर्ने तयारीमा रहेको छ ।
त्यस्तै, अप्पर लोहरे हाइड्रोपावरको २ अर्ब ४९ करोड ८० लाख ४० हजार रुपैयाँ बराबरको २४ लाख ९८ हजार ४० कित्ता, माइखोला हाइड्रोपावरले १९ करोड २१ लाख ५६ हजार ८ सय रुपैयाँ बराबरको १९ लाख २१ हजार कित्ता, भूगोल इनर्जी डेभलपमेन्ट १६ करोड ३२ लाख १६ हजार रुपैयाँ बराबरको १६ लाख ३२ हजार १६० कित्ता र कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेडले २ करोड ४३ लाख ७३ हजार ५ सय रुपैयाँ बराबरको दुई लाख ४३ हजार ७३५ कित्ता आईपीओ निष्कासन गर्ने तयारीमा रहेको छ ।
सेबोनका अनुसार अप्पर स्याङगे हाइड्रोपावरको ८ करोड ७० लाख रुपैयाँ बराबरको ८ लाख ७० हजार कित्ता, रावा इनर्जीको ८ करोड ४० लाख रुपैयाँ बराबरको ८ लाख ४० हजार कित्ता, दोल्टी पावर कम्पनीले १६ करोड ९ लाख ४५ हजार ८ सय रुपैयाँ बराबरको १६ लाख ९ हजार ४५८ कित्ता र सगरमाथा हाइड्रोपावर कम्पनीले ५४ करोड ८८ लाख रुपैयाँ बराबरको ५४ लाख ८८ हजार कित्ता आईपीओ निष्कासन गर्ने तयारीमा रहेको छ ।
त्यसैगरी, सुपरमाई हाइड्रोपावर लिमिटेडले १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता, मोलुङ हाइड्रोपावर कम्पनीले ३५ करोड ३१ लाख रुपैयाँ बराबरको ३५ लाख ३१ हजार कित्ता, एसियन हाइड्रोपावर कम्पनीको ११ करोड ८० लाख रुपैयाँ बराबरको ११ लाख ८० हजार कित्ता र इङवा हाइड्रोपावर कम्पनीले १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता, आईपीओ निष्कासन गर्न लागेका छन् ।
सेबोनका अनुसार सुपरमादी हाइड्रोपावर कम्पनीले ३१ करोड ५० लाख रुपैयाँ बराबरको ३१ लाख ५० हजार कित्ता, मकर जीतुमाया शुरु हाइड्रोपावरले २२ करोड ८० लाख रुपैयाँ बराबरको २२ लाख ८० हजार कित्ता, सुभम पावर कम्पनीले १२ करोड ३१ लाख २५ हजार रुपैयाँ बराबरको १२ लाख ३१ हजार २५० कित्ता र थ्री स्टार हाइड्रोपावर लिमिटेडले पनि १२ करोड ३१ लाख २५ हजार रुपैयाँ बराबरको १२ लाख ३१ हजार २५० कित्ता आईपीओ निष्कासनका लागि बोर्डमा आवेदन दिएको छ ।
त्यस्तै, माया खोला हाइड्रोपावर कम्पनीले ३४ करोड रुपैयाँ बराबरको ३४ लाख कित्ता शेयर निष्कासनका लागि बोर्डमा आवेदन दिएको छ । त्यसैगरी, सानिमा मिडिल तमोर हाइड्रोपावरको ८३ करोड ३१ लाख २५ हजार रुपैयाँ बराबरको ८३ लाख ३१ हजार २५० कित्ता शेयर निष्कासनको लागि पाइपलाइलनमा रहेको बोर्डले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस