aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

२० वटा स्कुल बस नियन्त्रणमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २२ कार्तिक २०७९
२० वटा स्कुल बस नियन्त्रणमा

 काठमाडौं । विद्यार्थीहरुको सुरक्षित आवागमनको लागि स्कुल बस निर्देशिका अनुसार सवारी साधन सञ्चालन नगर्ने २० ओटा स्कुल बसलाई नियन्त्रणमा लिई १५ दिन भित्र मापदण्ड पुरा गरी ट्राफिक प्रहरी कार्यालयमा देखाउने गरी छाडिएको छ ।      

 काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्कुल बस निर्देशिका अनुसार सन्चालन नगरेका २० ओटा  स्कुल बसलाई आज नियन्त्रणमा लिएको थियो । बिहान गरिएको चेकजाँचमा सवारी चालक अनुमतीपत्र नभएको १ ओटा,बसको झ्यालमा डण्डी नराख्ने १० ओटा,कागजपत्र साथमा नराख्ने ४ ओटा र अन्य ट्राफिक नियम उल्लङघन गर्ने ५ ओटा स्कुल बसलाई नियन्त्रणमा लिएको हो ।

विशेषगरी पछिल्लो समयमा मापदण्ड बिपरित विद्यार्थी बोक्ने सवारी साधन सन्चालन गर्दा दुर्घटना समेत बढी हुने  गरेकाले मापदण्ड बिपरित स्कुल बस सञ्चालन नगर्नुहुन काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको छ ।

 मापदण्ड अनुसार स्कुल बस सञ्चालन भए नभएको निरन्तर अनुगमन गरिने साथै मापदण्ड बिपरित सञ्चालन गरेमा प्रचलित नियमअनुसार कारबाही हुने काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी  वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए । 
 

प्रतिक्रिया दिनुहोस