aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

नागरिक स्टक डिलरको साधारण सभा मंसिर १८ गते, ६.८५ प्रतिशत लाभांश प्रस्ताव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २२ कार्तिक २०७९
नागरिक स्टक डिलरको साधारण सभा मंसिर १८ गते, ६.८५ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । नागरिक स्टक डिलर कम्पनी लिमिटेडले मंसिर १८ गते तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । कम्नपीको कात्तिक १६ गतेको सञ्चालक समितिको बैठकले नागरिक लगानी कोष भवन, नयाँ बानेश्वर, काठमाडौंमा अपरान्ह ४ः३० बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै ६ दशमलव ८५ प्रतिशत बोनस शेयर वितरणको प्रस्तावलाई समेत स्वीकृति प्रदान गर्नेछ । कम्पनीले हाल कायम चुक्तापूँजी रू. ३ अर्ब ५० करोडको आधारमा रू. २३ करोड ९७ लाख ५० हजार बराबरको बोनस शेयर वितरण गर्न लागेको हो ।

उल्लेखित प्रस्तावहरूसँगै कम्पनीले रित्त सञ्चालक पदमा नियुक्त गरिएका सञ्चालकहरूको अनुमोदनको प्रस्ताव समेत सभाका लागि तय गरेको छ ।
 

प्रतिक्रिया दिनुहोस