aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

कात्तिक २९ गतेदेखि अवितरित हकप्रद शेयर विक्री गर्दै राधी विद्युत कम्पनी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २२ कार्तिक २०७९
कात्तिक २९ गतेदेखि अवितरित हकप्रद शेयर विक्री गर्दै राधी विद्युत कम्पनी

काठमाडौं । राधी विद्युत् कम्पनी लिमिटेडले कात्तिक २९ गतेदेखि अवितरित हकप्रद शेयर लिलामीमा ल्याउने भएको छ । कम्पनीले मंसिर ७ गतेसम्मका लागि १३ लाख ५२७ दशमलव ९९ कित्ता अवितरित हकप्रद शेयर लिलामी प्रकृयाबाट विक्री गर्ने भएको हो । कम्पनीले असोज ५ गतेदेखि २५ गतेसम्म १ बराबर १ दशमलव ४७५२ को अनुपातमा हकप्रद शेयर जारी गरेको थियो ।

कम्पनीले हाल कायम चुक्तापूाजीको आधारमा प्रतिकित्ता रू. १०० अंकित मूल्यका रू. ९५ करोड ३५ लाख ७६ हजार ९९ बराबरको ९५ लाख ३५ हजार ७६० दशमलव ९९ कित्ता हकप्रद शेयर जारी गरेको हो । तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिने ३८ हजार ५०५ जना शेयरधनीहरूलाई ८२ लाख ३५ हजार २३३ कित्ता हकप्रद शेयर कात्तिक १७ गते बाँडफाँट गरी वितरण हुन नसकेको शेयर भने लिलामीमा ल्याउन लागेको हो । 

यो शेयरको न्यूनतम मूल्य प्रतिशेयर रू. १०० तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी इच्छुक जो कोही व्यक्ति, कम्पनी र संघ संस्थाहरूले गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । खरीदकर्ताले न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पुर्ण कित्तासम्म माग गर्दे आवेदन दिन सक्ने व्यवस्था रहेको छ । 

शेयर बाँडफाँट गर्दा सबैभन्दा बढी प्रतिशेयर मूल्य कबोल गर्ने बोलपत्रदातालाई बाँडफाँट गरिने पनि कम्पनीको भनाई छ । बोलपत्र आवेदन फारम मुक्तिनाथ क्यापिटल लिमिटेड, नारायणचौर, नक्साल, काठमाडौं, मुक्तिनाथ विकास बैंक लिमिटेड, शाखा कार्यालयहरू ठिमी–भक्तपुर, कुमारीपाटी–ललितपुर, इटहरी, बिराटनगर, इलाम, बिर्तामोड, बिरगञ्ज, जनकपुर, नारायणगढ, हेटौडा, पृथ्विचोक–पोखरा, बाग्लु्ङ्ग, बुटवल, नेपालगंज, तुलसीपुर–दाङ, सुर्खेत, धनगढी र महेन्द्रनगरबाट लिन र बुझाउन सकिने छ । 

हाल कम्पनीको चुक्तापूँजी रू. ६४ करोड ६४ लाख ४ हजार ६२२ ददशमलव ५० रहेको छ । अवितरित हकप्रद शेयर समेत निष्कासन तथा बाँडफाँट पश्चात् कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ५९ करोड ९९ लाख ८० हजार ७२१ दशमल ५० पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस