
काठमाडौं । केयर रेटिङ्स नेपालले साधारणसभा बोलाएको छ । कम्पनीले शेयरधनीहरुलाई २१ प्रतिशत लाभांश दिने प्रस्तावसहित साधारणसभा गर्न लागेको हो । बिहिबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई आर्थिक वर्ष २०७८/७९ को नाफाबाट २१.०५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
कम्पनीको छैठौं वार्षिक साधारणसभा मंसिर १५ गते केयर रेटिङ्स नेपालको पाँचौ तला स्टार मल काठमाडौंमा दिउँसो ३ः१५ बजे हुनेछ । उक्त प्रस्तावित लाभांश कम्पनी साधारणसभाले पारित गरेपछि शेयरधानीहरुले पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस