
काठमाडौं । एनआईसी एशिया डाईनामिक डेप्ट फण्डको कर समेत ६ प्रतिशत नगद लाभांश पुनः लगानी गर्न सकिने व्यवस्था रहेको छ । योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटलले बुधवार सुचना जारी गर्दै गत आर्थिक वर्ष ०७८/७९ का लागि वितरण गर्ने गरी बुक क्लोज भैसकेको उक्त लाभांश पुनः लगानी गर्न इच्छुक इकाईधनीहरूलाई आवेदन दिनका लागि अनुरोध गरेको हो ।
यस योजनाको लाभांश प्रयोजनका लागि कात्तिक १५ गते एक दिन बुक क्लोज गरिएको थियो । कात्तिक १४ गतेसम्म कायम इकाईधनीहरूले प्राप्त गरेको यो लाभांश पुनः लगानी गर्न सकिने योजना व्यवस्थापकको भनाई छ ।
लाभांश पुनः लगानी योजनामा सहभागी हुनका लागि कात्तिक ३० गतेभित्र आवेदन दिनुपर्नेछ । यस योजनामा सहभागी हुन नचाहने इकाईधनीहरूको लाभांश भने कात्तिक ३० गतेपश्चात् सम्बन्धित इकाईधनीहरूको बैंक खातामा जम्मा गरिने जानकारी क्यापिटलले दिएको छ ।
लाभांश पुनः लगानी योजनामा सहभागी हुन चाहने इकाईधनीहरूले प्राप्त गर्ने प्रतिफल रकम कात्तिक ३० गतेसम्म कायम प्रतिइकाई खुद सम्पत्ति मूल्यले गणना गर्दा कम्तिमा १०० इकाई खरीद गर्न नपुग्ने भएमा समेत उक्त प्रतिफल वापतको रकम सम्बन्धित इकाईधनीलाईनै वितरण गरिने जानकारी क्यापिटलले दिएको छ । खुलामुखी प्रकृतिको योजना भएकाले योजना व्यवस्थापकले लाभांश पुनः लगानी गर्न सक्ने व्यवस्था गरेको हो ।
प्रतिक्रिया दिनुहोस