aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

निर्जीवन बीमा कम्पनीले गरे १० अर्ब भन्दाबढि बीमाशुल्क संकलन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २३ कार्तिक २०७९
निर्जीवन बीमा कम्पनीले गरे १० अर्ब भन्दाबढि बीमाशुल्क संकलन

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म १९ वटा निर्जीवन बीमा कम्पनीले १० अर्ब रुपैयाँ भन्दा बढि बीमा शुल्क आर्जन गरेका छन् । बीमा प्राधिकरण अनुसार चालु आवको असोजमसान्तसम्म कम्पनीहरुले १० अर्ब ८४ करोड २४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन् । 

प्राधिकरण अनुसार निर्जीवन बीमा कम्पनीहरुले असोज मसान्तसम्म ६ लाख ८९ हजार ४६८ बीमालेख बिक्री गरी सो बराबरको बीमाशुल्क संकलन गरेका हुन् । गत आवको  सोही अवधिको तुलनामा बीमा कम्पनीहरुको बीमा कुल बीमा शुल्क ११.८५ प्रतिशतले बढेको छ । गत आवको असोज मसान्तसम्म कम्पनीहरुले ९ अर्ब ६९ करोड ३४ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका थिए ।

असोज महिनामा कम्पनीहरुले २ अर्ब ९६ करोड ७ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए । यस अवधिमा निर्जीवन बीमा कम्पनीहरुले २ लाख ४४ हजार ९७ बीमालेख बिक्री गरेका छन् । 

प्राधिकरणका अनुसार असोज मसान्तसम्म सबैभन्दा बढी कुल बीमा शुल्क आर्जन राष्ट्रिय बीमा कम्पनीले गरेको छ । यो कम्पनीले यस अवधिमा एक अर्ब २३ करोड ४५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । त्यसैगरी सर्वाधिक कुल बीमाशुल्क आर्जन गर्ने दोस्रोमा शिखर इन्स्योरेन्स रहेको छ । यो कम्पनीले असोजसम्म एक अर्ब २ रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । 

त्यसैगरी यस अवधिमा सगरमाथा इन्स्योरेन्स कम्पनीले ८५ करोड २१ लाख रुपैयाँ, नेको इन्स्योेरेन्स कम्पनीले ८२ करोड ८४ लाख रुपैयाँ, सिद्धार्थ इस्योरेन्सले ७६ करोड ४९ लाख रुपैयाँ र हिमालय एभरेष्ट इन्स्योरेन्स कम्पनीले ७३ करोड ३४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । 

प्राधिकरणका अनुसार नेपाल इस्योरेन्स कम्पनीले ४३ करोड ७६ लाख रुपैयाँ, दि ओरियन्टल इन्स्योरेन्सले ३९ करोड ६४ लाख, नेशनल इन्स्यारेन्सको ३२ करोड ८३ लाख रुपैयाँ, युनाइटेड इन्स्योरेन्सको ३१ करोड ३१ लाख, प्रिमियर इन्स्योरेन्सको ५६ करोड ९८ लाख, प्रभु इन्स्योरेन्सको ४१ करोड २९ लाख, आईएमई जनरल इन्स्यारेन्सको ४४ करोड ९० लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । 

त्यस्तै, प्रुडेन्सियल इन्स्योरेन्सको ३५ करोड १८ लाख, लुम्बिनी जनरल इन्स्योरेन्सको ५० करोड २४ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सको ६१ करोड ८ लाख रुपैयाँ, अजोड इन्स्योरेन्सको ४६ करोड ८ लाख, सानिमा जनरल इन्स्योरेन्सको २८ करोड ३६ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । 

त्यस्तै सबैभन्दा कम कुल बीमाशुल्क आर्जन जनरल इन्स्योरेन्सले गरेको छ । यो कम्पनीले असोज मसान्तसम्म २५ करोड १८ लाख रुपैयाँ मात्र कुल बीमाशुल्क आर्जन गरेको छ ।
 

प्रतिक्रिया दिनुहोस