
काठमाडौं । जलविद्युत्त क्षेत्रका दुई वटा उद्योगका लागि ८ अर्ब भन्दाबढिको लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागका अनुसार चालु आर्थिक वर्षको कात्तिक २३ गतेसम्म दुई वटा हाइड्रोपावरका लागि ८ अर्ब २६ करोड एक लाख रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको हो ।
दर्ता भएका उद्योगमा दोलखामा ५ अर्ब ९१ करोड ६७ लाख ६० हजार रुपैयाँ लागनीमा डायनामिक हाइड्रो इनर्जी प्रालि र रसुवामा २ अर्ब ३४ करोड ३४ लाख ९१ हजार रुपैयाँ लगानीको माथिल्लो मैलुङ खोला जलविद्युत्त लिमिटेड रहेको छ ।
विभागका अनुसार यस अवधिमा ८ अर्ब ३१ करोड एक लाख ५२ हजार ४४५ रुपैयाँ बराबरको तीन वटा उद्योग दर्ता भएका छन् । जसमध्ये जलविद्युत्त क्षेत्रका लागि सो बराबरको लगानी प्रतिवद्धता आएको हो । दर्ता भएका उद्योगहरुबाट १७९ जनाले रोजगारी पाउने भएका छन् ।
प्रतिक्रिया दिनुहोस