
काठमाडौं । सूर्या लाइफ इन्सुरेन्सले आजबाट ७० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले १०ः७ अनुपातमा ८८ लाख ७४ हजार ९६ कित्ता हकप्रद सेयर बिक्री गर्ने भएको हो । उक्त हकप्रद शेयरका लागि असोज १२ गतेसम्म यस आवेदन दिन सकिनेछ ।
एनआइसी एसिया क्यापिटलले बिक्री प्रबन्धकको भएको सूर्या लाइफले हाल कायम १ अर्ब १३ करोड १९ लाख रुपैयाँ पुँजीको १०ः७ अनुपातमा ७९ लाख २३ हजार ३०० कित्ता हकप्रद सेयर निष्कासन गरेको हो ।
यसमा बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल बबरमहल काठमाडौं तथा आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ ।
त्यस्तै, सूर्याको बिरगञ्ज, नारायणघाट, विराटनगर, धरान र बुटवल शाखाबाट पनि आवेदन दिन सकिने जनाएको छ । पोखरा, सुर्खेत र महेन्द्रनगर शाखाबाट पनि आवेदन दिने व्यबस्था गरेको छ ।
प्रतिक्रिया दिनुहोस