aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

समृद्धि फाइनान्सको अवितरित हकप्रद शेयर तेस्रो पटक लिलामीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २४ कार्तिक २०७९
समृद्धि फाइनान्सको अवितरित हकप्रद शेयर तेस्रो पटक लिलामीमा

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले अतिवरित हकप्रद शेयर तेस्रो पटक लिलामीमा विक्री गर्ने भएको छ । कम्पनीले ७ लाख ६७ हजार ३६६ कित्ता संस्थापक तर्फको हकप्रद शेयर मंसिर १ गतेदेखि १५ गतेसम्म लिलामीमा विक्री गर्न लागेको हो । 

यो शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनी एवम् अन्य कोहि व्यक्ति एवम् संस्थाहरूले आवेदन दिन सक्ने कम्पनीको भनाई छ । प्रतिकित्ता रू. १०० अंकित मूल्य तोकिएको यो शेयर खरीदका लागि तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । न्यूनतम एक हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था रहेको छ कम्पनीको शेयर विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

कम्पनीले अवितरित हकप्रद शेयर पहिलो पटक २०७८ साल चैत २९ गतेदेखि २०७९ साल वैशाख ७ गतेसम्म र दोस्रो पटक २०७९ साल असार १ गतेदेखि असार ९ गतेसम्म लिलामीमा विक्री गरेको थियो । सो अवधिमा वितरण हुन नसकेको बाँकी शेयर तेस्रो पटक लिलामी प्रकृयाबाट विक्री गर्न लागेको हो । 

प्रतिक्रिया दिनुहोस