aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

मेगा क्यापिटलको साधारण सभा मंसिर १६ गते, साढे २४ प्रतिशत लाभांश प्रस्ताव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २४ कार्तिक २०७९
मेगा क्यापिटलको साधारण सभा मंसिर १६ गते, साढे २४ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । मेगा क्यापिटल मार्केट्स लिमिटेडको पाँचौ वार्षिक साधारण सभा मंसिर १६ गते हुने भएको छ । क्यापिटलको कात्तिक ५ गतेको सञ्चालक समितिको बैठकले फेयरपिल्ड बाई म्यारिजओट, त्रिवेणी मार्ग, काठमाडौंमा दिउँसो ३ः३० बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष ०७८/७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै २४ दशमलव ५ प्रतिशत नगद लाभांश प्रस्तावलाई समेत स्वीकृति प्रदान गर्नेछ । 

अन्य कुनै मर्चेन्ट बैंकिङ व्यवसाय सञ्चालन गरिरहेका कम्पनीसँग मर्जरमा जाने विषयलाई समेत क्यापिटलले सभाका लागि तय गरेको छ । आगामी दिनमा मर्जरमा जान आवश्यक देखिएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय समेत सभाले गर्नेछ ।
 

प्रतिक्रिया दिनुहोस