
काठमाडौं । विश्वमा सबैभन्दा बढी विद्युत् खपत गर्ने देशहरूमध्ये आइसल्यान्ड पहिलो नम्बरमा यथावत रहेको छ । सन् २०२१ को तथ्यांक अनुसार ५२ हजार ९ सय ८० मेगावट प्रति वर्ष प्रतिव्यक्ति रहेको छ । आइसल्यान्ड सन् २०१८ मा पनि ५१ हजार ४ सय ६७ युनिट प्रति व्यक्ति प्रतिवर्ष रहेको थियो ।
प्रतिव्यक्ति ऊर्जा खपतको दोस्रो नम्बरमा नर्वे रहेको छ । सन् २०२१ नर्वेमा प्रतिव्यक्ति ऊर्जा खपत २९ हजार ७५ प्रति युनिट प्रति वर्ष प्रति व्यक्ति रहेको छ । जुन सन् २०१८ मा २२,७४७ युनिट थियो । यस्तै, तेस्रोमा कतार रहेने जुन देशमा प्रति वर्ष प्रति व्यक्ति प्रति युनिट १९ हजार २ सय १७ विद्युत खपत गर्ने गरेका छन् । त्यस्तै चौथोमा क्यानडा रहेको छ । क्यानडामा प्रतिवर्ष प्रति व्यक्ति १६ हजार ८ सय १ युनिट खपत गर्ने गरेका छन् । पाँचौ स्थानमा अमेरिका रहेको छ ।
त्यस्तै, अमेरिकामा प्रतिव्यक्ति प्रतिवर्ष १३ हजार ७६ युनिट खपत गर्ने गरेको तथ्यांकमा उल्लेख छ । छैटौंमा दक्षिण कोरिया रहेको छ । जहा प्रतिव्यक्ति प्रति वर्ष ११ हजार ५ सय ८५ युनिट विद्युत खपत गर्ने गरेका छन् । सातौंमा अष्ट्रेलिया, आठौंमा साउदी अरब, नवौंमा फ्रान्स र दशौंमा जापान छन् ।
जबकि, नेपालमा कूल जडित क्षमता करिब १७ सय मेगावाट पुगेको नेपालको हालसम्म प्रतिव्यक्ति ऊर्जा खपत पुगनपुग २४५ युनिट छ । सरकारले यो दरलाई आउने ८ वर्षभित्र १५०० युनिट पुर्याउने अनुमान गरेको छ ।
बढी विद्युत् खपत गर्ने पहिलो देश आइसल्यान्डसँग तुलना गर्दा नेपालले उसले भन्दा २५७ गुणा कम खपत गर्ने देखिन्छ । यता चीनसहित दक्षिण एसियाली देशकै तुलना गर्दा चीन सबैभन्दा बढी विद्युत् खपत गर्ने देशमा पर्छ ।
जहा सन् २०२१ मा ५ हजार ९ सय ८५ प्रतिव्यक्ति प्रति युनिट रहेको छ । सन् २०१८ मा प्रतिव्यक्ति ऊर्जा खपत ४०१८ युनिट रहेको थियो । यसैगरी, भुटानको २८५० युनिट, भारतको ८७७ युनिट, श्रीलंकाको ५६१ युनिट, पाकिस्तानको ४४४ युनिट, बंगलादेशको ३३६ युनिट र अपगानिस्तानको १५८ युनिट विद्युत् खपत देखिन्छ ।
प्रतिक्रिया दिनुहोस