aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

शाहरुख खानलाई मुम्बई एयरपोर्टले रोक्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २६ कार्तिक २०७९
शाहरुख खानलाई मुम्बई एयरपोर्टले रोक्यो

एजेन्सी । बलिउडका सुपरस्टार शाहरुख खानलाई मुम्बई एयरपोर्टमा भन्सारले रोकेको छ । विमानस्थलमा तैनाथ एयर इन्टेलिजेन्स युनिट (एआईयू) ले शाहरुख शुक्रबार राति शारजाहबाट फर्किएको बताएको छ। उनीसँग महँगो घडी र कभरहरू थिए । जसको मूल्य १८ लाख रुपैयाँ थियो। यी घडीका लागि शाहरुखले ६.८३ लाख रुपैयाँ भन्सार तिर्नुपर्ने थियो ।

शाहरुख खान शुक्रबार राति करिब १२ः३० बजे निजी चार्टर्ड विमानबाट मुम्बई पुगेका थिए । साहरुख खान र उनको टोलीलाई यहाँको टि–३ टर्मिनलमा रातो च्यानल पार गर्ने क्रममा दिउँसो करिब १ बजे भन्सारले रोकेको थियो । उनको झोलामा चेकजाँच गर्दा बावन र जुर्बक घडी, ६ थान रोलेक्स घडी, स्पिरिट ब्राण्डका घडी, एप्पल सिरिजका घडी फेला परेका थिए । यससँगै घडीको खाली बक्स पनि फेला परेको छ ।

एयरपोर्टमा एक घण्टा लामो अपरेशन पछि शाहरुख र उनको म्यानेजर पूजा डडलानीलाई छोडियो तर शाहरुखका अंगरक्षक रवि र बाँकी टोलीलाई रोकियो। जानकारीका अनुसार शाहरुखका अंगरक्षक रविले ६ लाख ८७ हजार रुपैयाँ भन्सार तिरे ।

भन्सार प्रक्रिया पूरा गर्न शनिबार बिहानसम्म समय लागेको थियो । बिहान ८ बजे प्रक्रिया पूरा भएपछि भन्सार अधिकारीले रविलाई रिहा गरेका थिए । धेरै रिपोर्टहरूमा यो पनि भनिएको छ कि जरिवानाको रकम शाहरुखको क्रेडिट कार्डबाट नै तिरेको छ।

शाहरुख ११ नोभेम्बरमा यूएईको एक्सपो सेन्टर पुगेका थिए । त्यहाँ उनलाई शारजाह अन्तर्राष्ट्रिय पुस्तक मेला २०२२ को ४१ औं संस्करणमा सहभागी भएकोमा ग्लोबल आइकन अफ सिनेमा एण्ड कल्चरल नेरेटिभ अवार्डबाट सम्मानित गरिएको थियो। यस कार्यक्रममा सहभागी हुन शाहरुखले आफ्नो टोलीलाई निजी चार्टर्ड प्लेनबाट पनि लिएका थिए । यही विमानबाट उनी शुक्रबार राति १२ः३० बजे मुम्बई फर्किएका थिए ।
 

प्रतिक्रिया दिनुहोस