
काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले गत आवको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव २६३२ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो ।
यो प्रस्ताव नियामक निकाय बीमा समितिबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछिमात्र शेयरधनीले पाउनेछन् । कम्पनीको कात्तिक २५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले आव २०७२/७३ पछि बल्ल लाभांश दिएको हो । सो आवमा कम्पनीले १० प्रतिशत बोनस शेयर वितरण गरेको थिया
प्रतिक्रिया दिनुहोस