aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

युनिलिभर नेपालको साधारण सभा मंसिर २० गते

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २८ कार्तिक २०७९
युनिलिभर नेपालको साधारण सभा मंसिर २० गते

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले मंसिर २० गते २९औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले होटल एभरेष्ट, नयाँ बानेश्वर, काठमाडौंमा दिउसो ४ः३० बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष ०७८/७९ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै प्रस्तावित लाभांशलाई समेत स्वीकृति प्रदान गर्नेछ । कम्पनीको कात्तिक १६ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा प्रतिकित्ता रू. १ हजार २१५ का दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो । 

हाल कम्पनीको चुक्तापूँजी रू. ९ करोड २१ लाख रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनका लागि मंसिर ४ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा मंसिर १ गते बिहीवारसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको लाभांश प्राप्त गर्नेछन् ।

कम्पनीले गत वर्षको तुलनामा यस वर्ष बढी लाभांश वितरण गर्न लागेको हो । गत वर्ष कम्पनीले प्रतिकित्ता रू. ६५० का दरले नगद लाभांश वितरण गरेको थियो ।
 

प्रतिक्रिया दिनुहोस