aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

सूर्या लाइफ इन्स्योरेन्सले तीन महिनामा कमायो २० करोड ७३ लाखभन्दा बढी नाफा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २८ कार्तिक २०७९
सूर्या लाइफ इन्स्योरेन्सले तीन महिनामा कमायो २० करोड ७३ लाखभन्दा बढी नाफा

काठमाडौं । चालू आर्थिक वर्षको तीन महिनामा सूर्या लाइफ इन्स्यो्रेन्स कम्पनी लिमिटेडले रू. २० करोड ७३ लाखभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको तुलनामा यस वर्ष कम्पनीको खुद नाफा ८२ दशमलव ५४ प्रतिशत बढेको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ११ करोड ३५ लाखभन्दा बढी मात्र खुद नाफा गरेको थियो ।

यस वर्ष कम्पनीको आम्दानी १२३ दशमलव ७४ प्रतिशत बृद्धि भएसँगै खुद नाफामा बृद्धि भएको हो । गत वर्ष रू. १८ करोडभन्दा बढी आम्दानी गरेको कम्पनीले यस वर्ष रू. ४० करोडभन्दा बढी गरेको हो । कम्पनीको खर्च पनि यस वर्ष गत वर्षभन्दा १९३ दशमलव ६७ प्रतिशत बढी भएको छ । गत वर्ष रू. ६ करोड ६९ लाख खर्च गरेको कम्पनीले यस वर्ष रू. १९ करोड ६५ लाखभन्दा बढी खर्च गरेको हो ।

हाल कम्पनीको चुक्तापूँजी रू. २ अर्ब ५५ करोड २ लाख ८२ हजार रहेको छ भने जगेडा कोष रकम रू. ७१ करोड २२ लाखभन्दा बढी रहेको छ । कम्पनीको जीवन बीमा कोष रकम करिब ३० प्रतिशत बढेर रू. १४ अर्ब ९२ करोडभन्दा बढी कायम भएको छ ।

कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म गत वर्षभन्दा १६ दशमलव ३७ प्रतिशत बढी रू. १ अर्ब ३२ करोड ४४ लाख कुल बीमाशुल्क आर्जन गरेको छ । कुल दाबी भुक्तानी रकम पनि गत वर्षभन्दा ७३ दशमलव ७० प्रतिशत बढी रू. ३३ करोड ५४ लाख भएको छ । प्रतिशेयर आम्दानी रू. ३२ दशमलव ५२ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १२६ दशमलव २२ रहेको छ ।

प्रतिक्रिया दिनुहोस