
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले नयाँ बोनसदर सार्वजनिक गरेको छ । सोमबार एक सूचना जारी गर्दै कम्पनीले आर्थिक वर्ष २०७८÷७९ को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्याङ्कन सम्बन्धी बीमाङ्कीय प्रतिवेदन बीमा समितिबाट स्वीकृत भए अनुसार मुनाफामा सरिक हुने बीमितलाई दिने बोनसदर सार्वजनिक गरेको हो ।
कम्पनीले न्यूनतम २० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनसदर जारी गरेको छ । इन्स्योरन्सले सार्वजनिक गरेकोे नयाँ बोनसदर अनुसार सनलाइफ सावधिक जीवन बीमालेख न्यूनतम ३० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँ बोनसदर घोषणा गरेको छ ।
त्यस्तै, इन्स्योरेन्सको भाग्योदय जीवन बीमालेखमा कम्पनीले न्यूनतम ३० रुपैयाँ र अधिकतम ७५ रुपैयाँ बोनसदर कायम गरेको छ । त्यसैगरी, इन्स्योरेन्सले बाल समृद्ध जीवन बीमालेख –बालबालिकाको सावधिक बीमा) मा न्यनतम ३० रुपैयाँदेखि ७५ रुपैयाँ सम्म नयाँ बोनसदर कायम गरेको छ ।
इन्स्योरेन्सको नवीन आजीवन जीवन बीमा (सावधिक तथा आजीवन) बीमामा कम्पनीले न्यूनतम ३० रुपैयाँ र अधिकतम ७५ रुपैयाँ बोनसदर कायम गरेको छ । त्यस्तै, सार्थक आजीवन बीमालेख (अग्रिम भुक्तानी तथा आजीवन) बीमालेख अन्तर्गत सबै बीमा अवधिमा बीमितले ३६ रुपैयाँ बोनसदर पाउने भएका छन् ।
कम्पनीले सार्वजनिक गरेको नयाँ बोनसदर अनुसार इन्स्योरेन्सको सिमित अवधि भुक्तानी तथा अग्रिम भुक्तानी सावधिक बीमा योजनाहरु (धनलक्ष्मी बीमा योजना समेत) मा न्यूनतम २० रुपैयाँदेखि अधिकतम ३० रुपैयाँसम्म बोनसदर कायम गरेको छ । त्यसैगरी, इन्स्योरन्सले धनञ्जय वार्षिक अग्रिम भुक्तानी जीवन बीमालेखमा न्यूनतम २० रुपैयाँदेखि अधिकतम ३० रुपैयाँ बोनसदर कायम गरेको छ ।
प्रतिक्रिया दिनुहोस